Logo

अर्थ

५ प्रतिशतले बढ्यो हिमालयन लाइफको नाफा



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २५ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा नाफा ५.१२ प्रतिशतले बढेको छ ।

कम्पनीले ४ अर्ब २७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

प्रथम त्रैमासमा कम्पनीले ४ अर्ब १७ करोड १ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।

चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा ६७ अर्ब १७ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १२.६६ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३८.९९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार १५:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।