काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८१ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । गत वर्ष ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले १९ करोड ३० लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा १७.९५ प्रतिशतले थोरै हो । गत वर्ष २३ करोड ५२ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो ।
हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।
यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १७७.१० रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया