Logo

अर्थ

पेट्रोललियम पदार्थको मूल्य बढ्यो, के मा कति ?



काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ ।

पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ । बढेर आएको मूल्य आज राति १२ बजेपछि लागू हुने जनाइएको छ ।

निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य बढाइएको छ ।

अब काठमाडौँ र पोखरामा मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार १२:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।