Logo

अर्थ

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न



काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कोशी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्लब सदस्यता वितरण गरिएको थियो । यस्तै सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्धितिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले यस प्रदेशबाट नेशनल रत्न हुन सफल अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्नअन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप मधेश प्रदेश र गण्डकी प्रदेशका अभिकर्ताहरुबीच सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा कोशीप्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताउदै अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बताए ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १०:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।