Logo

प्रमुख समाचार

ओली झन कठोर, पाइला फिर्ता



काठमाडौं । २०७७ सालमा पार्टीको कारवाहीमा परेका केपी शर्मा ओलीले भनेका थिए– ‘यस्ता कारबाही सीपी मैनाली र राधाकृष्ण मैनालीले पनि मलाई ०२८ सालमा गरेका थिए ।

यस्ता कारबाहीको अर्थ छैन ।’ तिनै ओलीले भ्रष्टाचारमा डामिएका मिनबहादुर गुरूङसँग पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिएको विषयमा आलोचना गर्ने भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारवाही गरेका छन् । यो कारवाहीको अर्थ भोलि(भोलि देखिएला ।

प्रश्न छ– एमालेभित्र आन्तरिक लोकतन्त्र छैन । पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्यादेवी भण्डारी राजनीतिमा आउने हल्ला निस्तेज पार्न कारवाही गरिएको हुनसक्छ । अध्यक्ष ओलीले आलोचना गर्नेप्रति कठोर बनेको सन्देश दिएका छन् ।

पाइला फिर्ता

उक्साउने किन ? आउने भए सल्लाह गरेर आए भैगयो भनेर अध्यक्ष ओली झर्केपछि एमाले अध्यक्ष बन्न पाइला उचालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पाइला रोकिएको छ ।

नेता ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरूङ, गोकुल पोखरेललगायतका शीर्ष नेताहरू भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्ने पक्षमा उभिएका थिए ।

मितिनी गाउँ पुगेकी विद्या भण्डारीले भनेकी छिन्– ओलीले जस्तो रातभर बस्न, समय दिन सक्दिन । ओलीका निकटस्थ शंकर पोखरेल, विष्णु रिमाल बिरोधमा छन् गोरखा एक्सप्रेसमा समाचार छ ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार ०९:०४   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।