Logo

प्रमुख समाचार

मलाई प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महसुस भएको छ : प्रचण्ड



नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महसुस भएको बताएका छन् । मंगलबार चितवनको मेगौलीमा आयोजित भरतपुर भ्रमण वर्ष २०२४ को वार्षिक उत्सव तथा राष्ट्रिय रैथाने खाना महोत्सव–२०८१ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री हुँदाभन्दा बढी माया र सम्मान विपक्षी दलको नेता भएर अहिले जनतामा जाँदा पाइरहेको बताएका हुन् ।

‘मलाई यो पटक प्रधानमन्त्री हुनुमा भन्दा विपक्षी दलको नेता भएर जनतामा जानुमा गर्व महशुस भएको छ । जनताले मलाई प्रधानमन्त्री भएको बेलामा भन्दा बढी माया र सम्मान दिनुभएको छ,’– उनले भने ।

आफू नेतृत्वको तत्कालीन सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान मन नपरेकै कारण सरकार ढालिएको उनले बताए । आफूले सुशासन, सामाजिक न्याय र अन्तर्राष्ट्रिय छवि उज्वल बनाउने प्रयत्न गरेको उनले सुनाए ।

‘एकथरी मान्छेहरुलाई सुशासनको अभियान मन परेन । सामाजिक न्यायको अभियान मन परेन । अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि उज्वल बनाउन खेलेको भूमिका मन परेन र म अहिले जनताको बीचमा छु । म खुसी नै छु । मैले फेरि एउटा सपना बोकेर देशमा स्थिरता, विकास र समृद्धिको नयाँ अभियान चलाउने सपना बोकेर म कुदिरहेकै छु,’– उनले भने ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार ०९:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।