काठमाडौं । नेकपा माओवादी केन्द्रका दुई ठूला दल मिलेर बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भइसकेको निष्कर्ष निकालेको छ । स्थायी कमिटी बैठकबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सरकार अहिले उल्टो बाटोमा हिँहिडरहेको जिकिर गरे । उनले विश्व राजनीतिक रंगमञ्च र अन्तराष्ट्रिय जगतबारे सरकार पूरै बेखबर रहेको टिप्पणी गरे ।
उनले भने, ‘पार्टीहरूलाई एकताबद्ध गरेर राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने बेलामा असंलग्न परराष्ट्र नीतिमा प्रतिवद्ध हुने, राष्ट्रियताको मामिलामा दृढतापूर्वक अडान राख्नुपर्ने, शान्ति र अखण्डताको पक्षमा दह्रोसँग उभिनुपर्ने बेलामा परराष्ट्र सम्बन्धको हिसाबले सरकार पूरै असफल भइसक्यो । विश्व राजनीतिक रंगमञ्चबाट, अन्तर्राष्ट्रिय जगतबाट बेखबर छ ।’
संविधान संशोधनबारे चार प्रस्ताव
माओवादीले संविधान संशोधनको लागि कांग्रेस एमालेलाई चार प्रस्ताव अघि सारेको छ ।
पहिलो, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति
दोस्रो, पूर्ण समानुपातिक निर्वाचन प्रणाली
तेस्रो, सांसद मन्त्री बनाउन नपाइने, विज्ञलाई बनाउने
चौथो, प्रतिनिधिसभामा ५० प्रतिशत महिला सहभागीता सुनिश्चित हुर्नेपर्ने
यी प्रस्तावबारे आइतबारबाट सुरू हुने केन्द्रीय कमिटीको बैठकबाट निर्णय गराएरै औपचारिकरूपमा यी मुद्दा लिएर जनतामा जाने माओवादीको तयारी छ ।




















प्रतिक्रिया