Logo

प्रमुख समाचार

ललितानिवास, गिरिबन्धु र क्यान्टोनमेन्टलगायतका सबै प्रकरणको छानबिन हुनुपर्छ : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकप्रिय मत ल्याउने दलले सरकार चलाउनु पर्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गरेका छन्।

गण्डकी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा कांग्रेस महामन्त्री थापाले अहिले पनि प्रधानमन्त्रीले हरेक १० दिनमा सरकार बदलिँदैन भन्नुपर्ने अवस्था रहेको सुनाए।

‘आज मन्त्री भइरहेकाहरु भोलि बिहान हुन्छु कि हुन्न भन्नेमा छ’, महामन्त्री थापाले भने,‘सुरुमा अहिले सबैको भाषणा यो सरकार बदलिँदैनबाट सुरु हुन्छ। त्यसैले अब निर्वाचनमा लोकप्रिय मत जसले बढी ल्याउँछ त्यसले सरकार चलाउँछ, त्यो व्यवस्था गर्नुपर्छ।’

अहिले बुहमत ल्याउने दलले मात्र सरकार चलाउन पर्ने व्यवस्था संविधानमा छ। उनले केही नेपाल ऐन संशोधन गर्न भने कांग्रेस र एमालेबीच सहमति भइसकेको बताए।

सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली नागरिकलाई विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने कांग्रेस महामन्त्री थापाले उल्लेख गरे। महामन्त्री थापाले भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय आयोग बनाउनुपर्ने प्रस्ताव पनि गरेका छन्।

ललिता निवास, गिरीबन्धु, क्यान्टोनमेन्टलगायतका सबै प्रकरणको छानबिन गर्नुपर्ने उनले बताए। थापाले कांग्रेसका कुनै पनि नेता कार्यकर्ताले गरेको अपराधको भारी पार्टीले नबोक्ने दोहो¥याए।

सहकारी ठगी वा मान्छेलाई बेचबिखन गरेर दोषी ठहर भए कांग्रेसको जुन पदमा भए पनि कारबाही हुने उनले बताए।

प्रकाशित मिति : २१ पुष २०८१, आईतवार ०७:५८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।