Logo

प्रमुख समाचार

कमल थापाले भेटे प्रधानमन्त्री ओली



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । शुक्रबार बिहान भएको दुई नेता बीचको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ ।

संसदमा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रिया पछि धकेलिन सकिने धारणा प्रधानमन्त्री ओलीले राखेको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १३:५०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।