Logo

प्रमुख समाचार

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता, ट्रोल गर्नेलाई ५ लाखसम्म जरिवाना



काठमाडौं । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गरेको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक दर्ता गराएका हुन् ।

विधेयकअनुसार, सामाजिक सञ्जालमा निन्दा, अफवाह फैलाउने, अशिष्ट टिप्पणी गर्ने र अनावश्यक रुपमा ट्रोल गर्ने व्यक्तिहरूलाई ५ लाख रुपैयाँसम्मको जरिवाना वा एक वर्षसम्मको कारावास सजाय हुने व्यवस्था गरिएको छ ।

साथै, अनुशासनहीन गतिविधिहरू नियन्त्रण गर्ने उद्देश्यले सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रख्यात व्यक्तिहरूसँग सहकार्य गरेर निगरानी बढाउन र आवश्यक कारबाही गर्न सरकारको ध्यान केन्द्रित गरिएको छ ।

 

 

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १३:१७   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।