Logo

अर्थ

टेक्नोको स्मार्टफोनमा डिपसिक एलएलएम प्रविधि, एआई इनोभेसनमा नयाँ युगको सुरूवात



काठमाडाैं । विश्वव्यापी टेक ब्रान्ड टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डिपसिक एलएलएम समावेश गरी एआई प्रविधिमा नयाँ स्तर कायम गरेको छ । यस नवीनतम प्रविधिले टेक्नो फोनलाई अझ बुद्धिमान, द्रुत, र प्रभावकारी बनाउने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार डीपसीक एलएलएम प्रविधिले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद, र अन्य उपयोगी एआई टुल्सलाई अझ सहज र उन्नत बनाएको छ ।  प्रयोगकर्ताहरूले आफ्नो दैनिक कार्यहरू छिटो र सरल रूपमा गर्न सक्नेछन्, जसले विद्यार्थी, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई थप सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ ।

नेपालमा किफायती मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउँदै आएको टेक्नोले ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा, र लामो ब्याट्री लाइफ जस्ता सुविधाहरूको लोकप्रियता बढाउँदै आएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार डिपसिक एलएलएम समावेशसँगै टेक्नोले एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्दै नेपालभरका प्रयोगकर्ताहरूलाई अझ स्मार्ट र सहज प्रविधि अनुभव गराउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १४:४८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।