Logo

प्रमुख समाचार

२५ गते राजालाई निर्मल निवास पुर्‍याउँछौँ : दुर्गा प्रसाईं



काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले तत्काल राजतन्त्र फर्किन सम्भव नरहेको बताएका छन् ।

तर, आफूहरू राजतन्त्रको पक्षमा माहौल निर्माणमा भने निरन्तर लागिरहेको बताए ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले फागुन २५ गते आफूहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पोखराबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने र त्यहाँबाट निर्मल निवास पुर्‍याउने बताए ।

कतिपयले पूर्वराजालाई सिधै नारायणहिटीमा लैजाने भनेर अभिव्यक्ति दिएपनि अहिलेलाई निर्मल निवास नै लगिने बताए ।

यद्यपि अहिलेको व्यवस्था खराब भइसकेको दाबी गर्दै माहौल बनाएर व्यवस्था ढिलोचाँडो बदलिछाड्ने बताए ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार १०:११   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।