Logo

प्रमुख समाचार

गणतन्त्रवादीको मुटु हल्लियो, ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्छौं : डा. राणा



काठमाडौं । राजनीतिक दलको नेतृत्वमा रहेका शिर्ष नेताहरुले राजसंस्था चाहानेका लागि दल खोलेर जनमतका आधारमा राजसंस्था पुनर्स्थापित गर्न सुझाब दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले समेत लोकप्रियता छ भने निर्वाचन प्रक्रियामा आउन सुझाए । आर्थिक अस्थिरता र रोजगारी अभावले त्राहिमाम आम नागरिक पटक पटक राजनीतिक परिवर्तनका नाममा पिल्सिएको अबस्थामा पुन नागरिकहरु बिच कुट्ने कुटाउने खेल हुने त होइन् ?

राजनीतिक बिश्लेषकहरुले चिन्ता प्रकट गरेका छन् । अर्थतन्त्र ओरोलो क्रममा छ । राजनीतिक झगडा उकालो यात्रामा छ । संविधानविद्‌ र बिश्लेषकहरू चिन्तित भएका छन् । राजनीतिक अस्थिरता बढेपछि दुख पाउने आमनागरिकले हो । अझ सकस भुई मान्छेलाई हुन्छ । एक समुहले अर्को समुहलाई आक्रमण गर्दा असर समग्र नेपालीलाई पर्छ ।

राजतन्त्रका पक्षमा जनमत बढेर जाने र त्यस्तो शक्तिले दुईतिहाइ बहुमत ल्याएर अहिलेकै संविधान संशोधन गरेर राजसंस्था पुनर्स्थापित गर्न सक्ने विकल्प रहेको बताउँछन् संविधानविद्‌हरू । ठूला ठूला राजनीतिक परिवर्तनका लागि क्रान्ति र सडक नै प्रयोग गरेको इतिहास छ । अब के का लागि क्रान्ति र सडक प्रष्ट हुन जरुरी छ । मुलुक लोकतन्त्रमा संस्थागत हुने क्रममा छ ।

माओबादी जनयुद्ध हिंसा थियो भनेर बहस भइरहेको बेला अब जनतालाई सडकमा रमिता देखाँउन भन्दा निर्वाचन प्रक्रिया उत्तम हुन्छ । जनताले नचाएको संघियता र धर्म निरपेक्षका बारेमा बरु संसदमै बहस गरु । निर्वाचनमै बहस गरु ।

गत फाल्गुण २५ आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले । भव्य स्वागत भयो । स्वागतको जस कस्ले लिने राजसंस्थाबादीहरु भित्रै वाक युद्ध चलेको छ । राजेन्द्र लिड्देन, दुर्गा प्रसाई, कमल थापालगायतका समुहबीच कस्ले नेतृत्व लिने होडबाजी नै चलेको छ ।

उनीहरुबीच आन्तरिक द्धन्द्ध चुलिएका बेला सडकमा हुने आन्दोलनको (राजावादी र गणतन्त्र वादी) बीचमा हुने मुडभेड अर्थात नागरिकबीच हुने ढुंगा हानाको जिम्मा कस्ले लिने ? चर्चा चलेको छ ।

उता, गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई चाँडै राजगद्दीमा राख्छौं ,राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले सुर्खेतबाट मुख खोले । पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा राख्ने बताए ।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनले गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने दाबी गर्दै राणाले एक महिनाको समयमा योजना बनाएर अघि बढ्ने घोषणा गरे । यसैबिच पूर्वराजाका गतिविधिविरुद्ध नेकपा माओवादी केन्द्रले गणतन्त्र र संविधान रक्षाका लागि प्रतिरोध जुलुस निकाल्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

पछिल्लो समय हिन्दुवादी, राजावादी सक्रियताले देशको परिस्थिति गम्भीर रहेको निष्कर्ष निकालेको छ । पार्टीको तराईं मधेश जागरण अभियानमा केन्द्रित हुँदा काठमाडौंका सडक खाली भएकाले राजावादीहरूले मौका पाएको माओवादीको निष्कर्ष छ ।

आन्दोलनबारे छलफल गर्न समाजवादी मोर्चा पनि बैठकमा जुटेको छ । नेकपा एमालेले पनि राजावादीहरूको सक्रियताबारे प्रश्न चिन्ह उठान क्रममा छ भने मुलुकको सबै भन्दा ठुलो,पुरानो र प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले लोकतन्त्रमा शान्त ढंगले आफ्ना बिचार राख्न पाइने भएकाले खासै चासो जगाएको छैन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार १२:२६   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।