रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछाने र छविलाल जोशी बन्जाडेको मुद्दा एकैपटक हेर्ने भएको छ ।
आज उच्च अदालतको एक नम्बर इजलासमा न्यायाधीश राजेश्वर तिवारी र सागर विष्टको संयुक्त इजलासले लामिछाने र जोशीको मुद्दासँगै राख्न आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको मुद्दा एकसाथ हेर्नेगरी लगाउको आदेश दिएको हो ।
यो आदेशसँगै यो सँगै जोडिएका सबैको मुद्दा एकैपटक हेरिने भएको अदालतका सूचना अधिकारी रामबहादर कुँवरले नेपाल प्रेसलाई बताए ।




















प्रतिक्रिया