काठमाडौं । आफ्नो बलबुताले भन्दा भारतको बलबुँतामा प्रधानमन्त्री बनेका केपी शर्मा ओली अहिले बालुवाटारमा बस्ने दिन गनिरहेका छन् । जतिसुकै प्रयास गरे पनि भारतले नबोलाएपछि उनलाई छटपटी भइरहेको छ । उनले भारतको चर्को विरोध गर्न पनि सकेका छैनन् ।
किनकि उनलाई उनको हैसियत राम्रोसँग थाहा छ । बिना धरातल प्रधानमन्त्री बनेपछि उनलाई समस्या भएको छ । आफूभन्दा ठूलो दलको साथमा लागेर सरकारमा बसिरहँदा उनलाई कसरी पछारिन्छु भन्ने चिन्ता छ ।
चर्चामा आउन नेपालको नक्सा तन्काउने तर त्यो जग्गा प्राप्तिका लागि कुनै पहल नगर्ने ओली सरकारको नौटंकी यसअघि नै भारतले देखिसकेकाले अब पनि नेपाली नेताहरूलाई ठाउँ दिनुपर्छ भन्ने बाध्यतामा भारत देखिँदैन ।
त्यसैले पटक पटक प्रयास गर्दा पनि ओली भारत जान पाएका छैनन् । उनको भारत भ्रमण अझै अन्योलमा छ । भारतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पटक पटक बोलाएर स्वागत गरेको छ । तर, ओलीलाई पत्याएको छैन ।
अहिले त ओलीको संगत गरेको नेपाली कांग्रेससँगसमेत भारत सन्तुष्ट देखिँदैन । त्यसकै परिणामले कांग्रेस सभापति शेरबहादुर देउवालाई भारतले गनेन । उनी प्रयागराज सम्मेलनमा मुख्य अतिथिका रूपमा जान खोज्दै थिए ।
तर, प्रधानमन्त्री नरेन्द्र मोदी त परै जावस उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलेसमेत समय नदिने भएपछि बाध्य भएर भ्रमण रद्द गराए । साथै राष्ट्रपति आरजु राणा देउवाको अधिकांश समयको बास भारतमै भइरहेको चर्चा चलिरहेको छ ।
जुनसुकै देशमा गए पनि जाँदा होस् वा फर्कदा होस् एक पटक भारत दर्शन गरेकै हुन्छिन् । बिमारीको नाममा पनि भारतमै जान्छिन् । मन्दिर पूजापाठको नाममा पनि भारत नै जान्छिन् ।
आरजु जानुको एकमात्र लक्ष्य भनेको उनलाई जसरी हुन्छ आफ्ना प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण गराउनै पर्नेछ । तर, दिल्लीले नसुनेपछि आरजुले जतिसुकै घोक्रो सुकाए पनि कुनै अर्थ छैन ।
आरजुले आफ्ना पति शेरबहादुर देउवाको दुनो सोझाउनसमेत निकै प्रयास गरिन् । तर, दिल्लीले सुनेको नसुन्यै गरेको खबर जनभावनामा उल्लेख छ । त्यति मात्र होइन उनी साना साना बहानामा दिल्ली गएर आफ्नो सरकार टिकाउने प्रयास गरिरहेकी छिन ।
दिल्लीले दलका नेताहरू नालायक भएको प्रमाण दिँदै केही हदसम्म राजसंस्था नै ठीक देखेपछि दलहरूलाई छटपटि छ । ओली त आफ्नो कहिले हो सरकारको अवधि भन्ने थाहा पाउन छाडेपछि जहिले पनि भन्दै आएका छन् कि ०८३ को असारमा देउवालाई सुम्पिने ।
तर, जसरी गत साता काठमाडौँमा राजतन्त्रको आँधीबेहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रवेश गयो तबदेखि गणतन्त्रवादी दलहरूको ढ्याङ्ग्रो ठोकिएको छ । कतै फेरि गलत सम्झौता पो गर्छन् कि भन्ने चिन्ता पनि उत्तिकै मडारिएको छ ।




















प्रतिक्रिया