Logo

प्रमुख समाचार

कांग्रेसलाई एमालेले मुर्ख बनायो : गगन कुमार थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (एमाले) ले आफूहरुलाई उद्योग बेचेर खाने पार्टी भनेर मुर्ख बनाएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) कांग्रेस तनहुँ क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले विगतदेखि एमालेले पनि कांग्रेसलाई मुर्ख बनाउँदै आएको र अहिले आएर नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टीसमेतले मुर्ख बनाउने प्रयास गरिरहेको बताएका हुन् ।

‘पहिला हामीलाई एमालेले मुर्ख बनायो । के भनेर मुर्ख बनायो ? उद्योग बेच्ने पार्टी भनेर मुर्ख बनायो । नेपाली कांग्रेस पार्टी सरकारले कागज उत्पादन गर्ने, जुत्ता उत्पादन गर्ने, चुरोट, सिमेन्ट, रक्सी उत्पादन गर्ने कुरामा विश्वास गर्दैन । उद्योग धन्दा चलाउने काम सरकारको होइन । जुन कुरा नागरिकले गर्न सक्छ, त्यो कुरा सरकारले गर्न हुँदैन’ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार २२:०४   :  बजे

498
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।