Logo

प्रमुख समाचार

राजतन्त्र भूत भइसक्याे, अब फर्किँदैन : बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेकाले फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । शनिबार जनकपुर पुगेका भट्टराईले सञ्चारकर्मीहरुसँग कुरा गर्दै फेरि पछाडि फर्किने कुरा सम्भव नभएको बताए ।

उनले भने, ‘लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ । राजतन्त्र भूत हो, भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ न त सम्भावना हुन्छ ।’

अध्यक्ष भट्टराईले आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुने गरेको आरोप लगाए । अब जनताले नेतामात्रै छान्ने नभई विकल्पयुक्त सोच भएका नयाँ पुस्ताका सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार २२:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।