Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं, प्रधानमन्त्रीलाई कांग्रेसको पूरै साथ छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण साथ समर्थन रहेको प्रष्ट पारेका छन् ।

सुजाता कोइरालाको आत्मकथा म र मेरो सानुबुबा नामक पुस्तक लोकार्पण समारोहमा प्रधानमन्त्री समेत उपस्थित भएको अवसरमा सभापति देउवाले प्रधानमन्त्रीलाई साथ समर्थन रहेको बताएका हुन् ।

महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा.शेखर कोइराला लगायतले कुलमान घिसिङलाई हटाएको निर्णयको स्वामित्व कांग्रेसले लिन नहुने बताइरहेका बेला देउवाले प्रधानमन्त्रीलाई साथ रहेको बताए ।

देउवाले भने- प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं । हामी त जेलभित्रको पनि जेल गोलघरमा सँगै थियौं ।

त्यसबेलादेखिकै सम्बन्ध राम्रो छ । अहिले पनि राम्रोसँग अघि बढेर जाँदैछौं । अहिले सत्तामा सहकार्य गरिरहेका छौं । कांग्रेसबाट उहाँलाई पूरा समर्थन छ ।

गिरिजाप्रसाद कोइरालाको स्मरण गर्दै देउवाले आफूलाई कोइरालाले पार्टीबाट निकाल्दा आफूले पनि फार्टी फोडेर हिँडेको भन्दै उतारचढावपूर्ण सम्बन्ध रहेको बताए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलवार २१:४२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।