Logo

प्रमुख समाचार

नेपाल सरकारको महत्वपूर्ण वेबसाइट रूसी ह्याकरको कब्जामा, संवेदनशील डाटा चोरी



काठमाडौं  । नेपाल सरकारको ‘हेलो सरकार’को वेबसाइटलाई रुसी ह्याकर समूह ‘घुद्रा’ (Ghudra) ले ह्याक गरेको छ । यस समूहले आफूलाई रूसी सैन्य इन्टेलिजेन्ससँग नजिक रहेको दाबी गर्दै वेबसाइटमा राखिएका संवेदनशील डाटा डार्कवेबमा बिक्रीको लागि राखिदिएको हो ।

ह्याकर समूहले १ हजार डलरमा सम्पूर्ण डेटाबेस र १,३०० डलरमा लाइभ सेल एक्सेस बिक्री गर्ने प्रस्ताव गरेका छन्। यसमा नागरिकहरूको व्यक्तिगत जानकारी जस्तै नाम, इमेल, मोबाइल नम्बर, पासवर्ड, फोटो, अफिस आइडी, र अन्य संवेदनशील जानकारी रहेका छन् ।

सहसचिव प्रेमकुमार श्रेष्ठले ह्याकको सूचना पाएपछि तुरुन्तै वेबसाइट मर्मत र सुधारका लागि टेक्निकल कर्मचारीहरूलाई खटाएको जानकारी दिएका छन् । साइबर सुरक्षा विज्ञ रिवश न्यौपानेका अनुसार, यस घटनाले नागरिकको गोपनीयता उल्लंघन र सरकारी प्रणालीको दुरुपयोग गर्न सक्ने जोखिमलाई निकै बढाएको छ ।

उनका अनुसार, ह्याकरहरूले उक्त डेटा फिसिङ हमलामा प्रयोग गर्न सक्छन् र सरकारका प्रमुख अधिकारीहरूको पहिचान चोरी गरेर सुरक्षा थ्रेटको सामना गर्न सकिन्छ । यस घटनाले सरकारी पहिचान भएका व्यक्तिहरूको लागि गम्भीर समस्या खडा गर्न सक्छ ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार २०:४७   :  बजे

588
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।