Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीको प्रश्न – ‘कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी निर्देशक कुलमान घिसिङको प्रशंसा गर्नेहरूलाई कटाक्ष गर्दै प्रश्न उठाएका छन् –‘कुलमानले बिजुली, चिम वा ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?’

आज काठमाडौंमा सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुवा’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यो प्रश्न उठाएका हुन् । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको महाकाव्यमा उल्लेखित ‘प्रमिथस’ पात्रको प्रसंग जोड्दै घिसिङको तुलना त्यससँग गर्नु उपयुक्त नभएको बताए ।

ओलीले भने- ‘प्रमिथसले स्वर्गबाट आगो ल्याएर पृथ्वीमा उज्यालो दिएका थिए। त्यसबापत उनलाई हजार वर्षसम्म पहाडमा कैद गरियो । तर कुलमानले कहिले बिजुली बोकेर ल्याए ? चिम लिएर आए ? ट्रान्समिसन लाइन बोकेर आए? उनले नियुक्त भएको पहिलो दिन नै बिजुली बोकेर आए कि चार वर्षसम्म मात्र काम गरे ?’

ओलीले अप्रत्यक्ष रूपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै कुलमानलाई पुनः नियुक्त गर्नका लागि हितेन्द्रदेव शाक्यलाई अयोग्य बनाएर हटाइएको आरोप समेत लगाए ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।