काठमाडाैं । गणतन्त्र पक्षधर दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक बसेको हो । बैठकमा पछिल्लो राजनीति, राजावादीको प्रदर्शन र संसदमा जारी अवरोध लगायतका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी छन् ।




















प्रतिक्रिया