Logo

प्रमुख समाचार

के उम्केलान् त उर्जामन्त्री खड्का प्रधानमन्त्री ओलीको पञ्जाबाट ?



काठमाडौं । सरकार प्रमुख दुई दलको सहकार्यमा छ । मुख्य त नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा सत्ता संचलन भएको छ ।

अर्थात राज्यको सारा शक्ती छर्लङ प्रमुख दुई दल कांग्रेस र एमाले वरिपरि छम छम नाचेको छ, घुमेको छ, चलेको छ । त्यसो त ओली नेतृत्व सरकारमा देश भित्र र बाहिर उत्पात चर्चा नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी कुलमान घिसिङको छ ।

उत्तिकै चर्चा राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंको छ । यो बाहेक उर्जामन्त्री दिपक खड्काको चर्चा पनि सरकार र दुई ठुला दल भित्र निकै चर्चा चुलिएको छ ।

यहा प्रसंग चलाउन खोजिएका पात्र हुन् उर्जामन्त्री खड्का । कारण हो प्राधिकरणबाट कार्यकारी कुलमान घिसिङलाई हटाउनु । जसको बिरोध उनी रहेको पार्टी नेपाली कांग्रेसमा समेत चरक्क चर्किएको छ ।

उर्जामन्त्री खड्का छवी धमिलो हुने क्रम बढेको छ । चुलिएको छ। विवादित छवीका उर्जामन्त्री खड्का पार्टीमा मात्र ओरालो लागेका छैनन् ,गृहजिल्ला संखुवासभामा समेत उनको साख ओरालो गतिमा लागेको छ ।

खड्काले कांग्रेसलाईनै असहज पार्ने गरि किन घिसिङलाई पन्छाए ? के खड्का प्रधानमन्त्री ओलीको पञ्जाबाट उम्केलान् ? कांग्रेसलाई बेवास्ता गर्दै प्रधानमन्त्री ओलीसँग अबेर रातीसम्म उनी बालुवाटार किन रमाउँ छन् ।

मध्यरात पछि पनि प्रधानमन्त्री ओलीसँग उर्जामन्त्री खड्काको के हुन्छ त्यस प्रकारका कुरा ? भएका बेलिबिस्तार पाटी शभापति शेरबहादुर देउवा र डा शसांक कोइरालाकोमा पुग्छ त ?

डा शसांक कोइराला र डा आरजु राणा देउवासँग राम्रो सम्बन्ध भएका उर्जामन्त्री खड्का नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका बारेमा जिब्रो चलाउन किन असहज मानिरहेका छन् ?

केसँग साटे नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पद खड्काले ? चर्चा चुलिएको छ । कुनै समय प्रेम आलेको सम्बन्ध कस्तो थियो प्रधानमन्त्री ओलीसँग ? अहिले आफ्नो पार्टी र नेतृत्वलाई थाल खाउँ की भात खाउँ बनाएका छन् । पार्टी फुटाउन नपाए ७ सांसद स्वतन्त्र राख्ने धम्की सुरक्षित छ आलेसँग । आले प्रवृती बारे कांग्रेस नेतृत्व सजग छ त ?

कांग्रेसमा दुख गरेका नेता कार्यकर्ताहरुको श्वर हो यो । हुन त पार्टीमा खटेकाहरु पलायन हुने आंकलन वीपीले पहिलेनै उल्लेख गर्नु भएको थियो । त्यो घोषणाका बारेमा अहिले पनि उत्तिकै मन्थन हुने गरेको पाईन्छ ।

बिनोद चौधरी,उमेश श्रेष्ठ,पुर्ण बहादुर तामाङ,अनिलकुमार रुंगटा समुहको रजगजले पार्टी पंक्तिमा चरम निरासा छाएको छ । हुन त पार्टीमा इमान्दार,कर्मठ र निष्ठावान नेता,कार्यकर्ता ओझेलमा परेका छन् ।

पार्टीमा दलाल,ठेकेदार र रकमी वा परिवारको विरासतवालाहरुकै राज चुलिएको छ । चाकडी र चाप्लुसीले बढोत्तरी पाएसँगै उनीहरुकै स्तर उन्नती भएको छ । पछिल्लो समय यस प्रकारका गतिबिधिलाई सरलीकरण र सामान्य मान्ने प्रचलनका रुपमा स्थापित हुँदै गएको छ ।

त्यसो त एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालका अति विश्वासी रामबहादुर थापा वादलको लाईनमा गएका हुन् । रामबहादुर थापा गृहमा रमाउँदाको समयमा इन्द्रजित राईको रवाफ राम्रै थियो । अहिले भुटानी शरणार्थी प्रकरणमा राईले तनाव बेहोर्नु परेको छ ।

कुनै समय नारायण काजी श्रेष्ठले ओलीसँग मध्यरातको हिमचिम बढाएका थिए । नारायण काजी श्रेष्ठले गृह हाक्ने क्रममा ओलीसँग हात मिलाएर बाहिर निस्कदा कांग्रेसका सुनिल शर्मा सकसमा परेका थिए ।

पछि रबि लामिछानेको कुम पनि कम्ता जोडिएको थिएन । अहिले लामिछानेले थचक्क हुने गरि भारी खेप्नु परेको छ । त्यसो त भुटानी शरणार्थी काण्डको एक अडियो प्रकरणले डा आरजु राणा देउवालाई समेत आच्छु आच्छु पारेको थियो ।

त्यस बिषयमा स्पष्टिकरण दिन अझै पनि परेकै छ । चित्त बुझ्ने गरि जवाफ आम नागरिकले नपाए पछि रोकिनु पाउनु भएको छैन् । सत्ता सहित प्रहरी प्रशासन नजिक भएका बेला अडियो प्रकरणको छिनोफानो गर्न यो समय अनुकुल छ ।

जवाफदेही, उत्तरदायी र पारदर्शी हुनु लोकतन्त्रको गहना हो । समयमै आफु माथी लागेका आरोपको स्पष्ट जवाफ दिने मौका पनि हो ।चाहे सम्पति होस् । चाहे टिकापुर जग्गा प्रकरण ।चाहे त्यो भुटानी शरणार्थी प्रकरण । समयमा नागरिक सामु आफु माथी लागेका आरोपको स्पष्टता दिनु उपयुक्त हुन्छ ।

बिभिन्न प्रकरणमा पुर्व एआईजी श्याम ज्ञवालीले तत्कालिन समयमा प्रहरीहरुको समुहनै बनाएर भित्र भित्र फसाउन योजना बुनेका धुन्धकारीहरुको सुचि छ की छैन् ?

नेपाल प्रहरीको संगठनलाई धमिलो पारेर आईजीपीको जिम्मेवारी सुम्पिएको तत्कालिन संगठन प्रमुख आईजीपी धीरज सिंहले सुचना तत्कालिन समयमा तपाईलाई दिए की बालकोट पुर्याए एक पटक ठण्डा दिमाखले सोच्नुहोस् ।

अनि आफु (डा आरजु) सहित परिवारलाई समेत निगरानीमा राखेर तनाव दिएको अवस्था बिर्सिनु भो की याद छ ? सत्ता सधै रहन्न । तर आफु माथी लागेका निराधार आरोप र पदका लागि मात्र चाकडि गर्ने समुह र व्यक्ति भने छुट्टाउन जरुरी छ ।

अनि भारत मिलाउने भन्दै हिमचिम गरेर आफ्नो राजनीति सुरक्षित गर्नु भएकी चौधरीको योगदान कस्तो रह्यो कुन्नी ? यस अघिका गृहमन्त्रीले बुढानिल्कण्ठ र जाउलाखेलका माइतीघरको वरिपरि जासुस खटाएका बारेमा चासो राख्ने र आफैलाई न्याय गर्ने मौका पनि हो क्यार । सत्तामा रहदा तुलसी पानी र पञ्चकब्य ल्याउने । सत्ता बाहिर रहेका बेला तेजाब छर्कने, नुनचुक लाउने देखी सतर्क रहन जरूरी छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार ०६:००   :  बजे

390
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।