काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले पूर्वराजालाई राज्यले दिएको सम्मान भंग भएकाले सुविधा कटौती गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले पूर्वराष्ट्राध्यक्षका रूपमा राज्यले सेवा सम्मान दिएर राखेको अवस्थामा निर्मल निवासमा बसेर पूर्वराजाले सम्झौता भंग गरेको भन्दै सेवा सुविधा कटौती गर्नुपर्ने बताएका हुन् ।
भट्टराईले लफंगाहरूलाई जनकमान्डर बनाएर तीनकुनेमा ताण्डव नृत्य गर्न लगाएको टिप्पणी समेत गरे । उनले जनताले फ्याँकेको राजतन्त्र कसैको रहरले नआउने उल्लेख गर्दै पृथ्वीनारायण शाह राष्ट्रको नायक भएकाले सवैले मानेको भन्दै राजाहरुले देशको सीमा रक्षाका लागि के गरे भन्दै प्रश्न गरेका थिए ।
राजतन्त्रको छिनोफानो इतिहासले गरिसकेको भन्दै अब कुनै व्यवस्थाको खोजि गर्न आवश्यक नरहेको र गणतन्त्रको रक्षाका लागि सबै दलहरु एकढिक्का भएको उनको भनाई थियो ।




















प्रतिक्रिया