Logo

प्रमुख समाचार

तीनकुने घटनामा पूर्वराजा दोषी, उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री ओली



काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार काठमाण्डौंको तीन कुने क्षेत्रमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

काठमाण्डौंको तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उक्साउने काम गर्यो । पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न् ।

फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलावद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ।’ पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरी भीड उक्साउने काम गरेको उनको आरोप छ ।

प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरुले सभामा उठेर विरोध जनाएका थिए ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार २२:०२   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।