Logo

प्रमुख समाचार

सत्ताधारीहरुको अन्तिम दाउ जनमत स्रग्रह !



काठमाडौं । राजसंस्था पुनस्थापनाको मुद्धा चर्किएर थामिनसक्नु भए जनमत संग्रह घोषणा गर्ने दाउमा सत्ताधारी दलहरु रहेका छन् ।

राजसंस्था पुनस्थापनाको मुद्धा यत्तिकै सेलाएर जाने नदेखिएकोमा पनि उनीहरु सहमत देखिएका छन् । खाशगरी तराई क्षेत्रमा चर्किरहेको राजनीतिक घटनाक्रमबाट सत्तारुढ दलहरु बढी झस्किएको पाइएको छ ।

देशमा अभूतपूर्ण रुपमा राजसंस्थाको पक्षमा माहोल बन्दा गणतन्त्रवादीहरुको मुटुमा ढ्यांग्रो ठोक्नु स्वभाविक हो । त्यसमाथि यस पटक विदेशी शक्तिहरु खासगरी चीन र भारतले समेत दलहरुको विकल्पमा राजसंस्थालाई अघि सारेपछि दलहरु तर्सिएका हुन् ।

कांग्रेसभित्र त आधा भन्दा बढी जनमत राजस स्था पुनस्थापनाकै पक्षमा गईसकेको बुझिएको छ । हिन्दूराष्ट्रको आवरणमा राजसंस्था आउनेमा आधा भन्दा धेरै कांग्रेसीहरु सहमत देखिएका छन् ।

तर, कांग्रेस सभापति शेरबहादुर देउवा एण्ड कम्पनी र एमाले चाहीं उग्र रुपमा प्रस्तुत हुने संभावना छ । तर, आन्दोलन चर्किएको अवस्थामा उनीहरुले दबाएर जान सक्ने अवस्था विल्कुलै छैन भन्नेमा आम सहमति छ ।

किनकी उनीहरु जनतामा यसरी पतन भईसकेका छन कि उनीहरुले कुनै पनि स्थानमा बास नपाउने अवस्था छ । त्यसैले आन्दोलन चर्केर थामिनसक्नु भएमा हिन्दू राष्ट्र र राजसंस्था पुनस्थापनका लागि जनमत संग्रह घोषणा गर्ने संभावना उच्च रहेको बुझिएको छ ।

तर, त्यसले आन्दोलन थामिने अवस्था भने हुनेछैन । हिन्दू अधिराज्यका पक्षधरहरु जनमत संग्रह जस्ता हतियारहरु यस अघि नै भुत्ते भईसकेको बताईरहेका खबर नेपालीपत्रमा उल्लेख छ ।

जनमत संग्रहको नाममा सत्ता र पैसाको बलमा तुहाउने प्रयासमा उनीहरु लाग्ने दाउ हुने विपक्षीहरुले नबुझन् कुरा भएन । यद्यपी उक्त प्रस्ताव ल्याउनु अघि नै आन्दोलनको आँधीले क-कसलाई बढार्छ भन्न सकिने अवस्था नरहेकाले त्यो अवस्थासम्म पुग्ने संभावना क्षीण देखिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार ०८:००   :  बजे

681
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।