Logo

प्रमुख समाचार

प्रम ओलीलाई सत्तामा असफल बनाउने खेल : हिंसात्मक बन्दा राजावादी आन्दोलन अलपत्र



काठमाडौं । सत्ताभित्रै प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउने पात्रहरू लगभग आफ्नो योजनामा सफल बन्दै गएको घटना क्रमले पुष्टि गर्छ राजनीतिक विश्लेषकहरू बताउँछन् ।

अन्यथा एउटा कर्मचारी हटाउँदा देशको प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने थिएन ।

सत्तापक्षले आफ्नो विरुद्ध हुने जुनसुकै आन्दोलन असफल पार्न जस्तो सुकै कदम चाल्न सक्छ भन्ने छिमेकी मुलुक भारत के राजनीति नबुझ्दा १५ गते राजावादीहरुले गर्न खोजेको आन्दोलन हिंसात्मक भएर तहश- नहश बन्न पुग्यो भने सत्ता पक्षका निम्ति देशको राजधानीमै शान्ति सुरक्षा गर्न नसकेको राजधानी बाहिर कसरी शान्ति सुरक्षा गर्न सक्छ भन्ने प्रश्न बुद्धिजीवीले उठाएका छन् ।

नेपालमा कनै राजनीतिक घटना हुँदा सक्रिय हुने नेपाल स्थित विदेशी कूटनीतिज्ञहरु यस पटक अचम्मले मौन देखिन्छन् । उनीहरुको यस्तो मौनता पनि निकै रहस्यमय मानिएको छ । राजावादी र गणतन्त्रवादी दुई कित्तामा देशको राजनीति विभाजित भएको अवस्थामा मधेश केन्द्रित दलहरुको भूमिका निस्क्रिय बनेको छ । यसबाट उनीहरुलाई कतैबाट कुनै त्यस्तो संकेत आएको हुनुपर्ने मानिदैछ ।

विभिन्न पीठ र मन्दिर चाहार्दै गरेका पूर्व राजा ज्ञानेन्द्रलाई १५ गतेको आन्दोलनमा उनको भूमिकालाई लिएर केही ठूला राजनीतिक दलहरूले उठाएको प्रश्न प्रति आम जनताको सहमति देखिन्न । मन्दिर चाहार्नु र पूजा अर्चना गर्दै हिड्नुमा पूर्व राजाको आन्दोलनसँग कुनै सरोकार हुन नसक्ने बुद्धिजीवीहरू बताउँछन् ।

२०४६ साल में असफल भएका पात्र नवराज सुवेदीलाई संयोजक बनाउनु दुर्गा प्रसाईं जस्तो राजनीतिको कुनै ज्ञान नभएका व्यक्तिलाई कमाण्डर बनाएर राजावादीहरुले आन्दोलनको उद्देश्य पुरा हुन्छ भन्ने ठान्नु नै गलत थियो ।

१५ गते तीनकुनेमा राजावादीहरुको आन्दोलन हिंसात्मक बन्दा तहश-नहश बन्न पुग्यो भने सत्ता पक्षका निम्ति देशको राजधानी मैं शान्ति सुरक्षा गर्न नसक्नेले राजधानी बाहिर कसरी शान्ति सुरक्षा गर्न सक्छ भन्ने प्रश्न उठेको छ ।

राजावादी आन्दोलनमा मौकामा चौका हान्ने समूहको प्रवेश हुन सक्ने र आन्दोलनलाई हिंसात्मक बनाएर सरकार र आन्दोलनकारी बीच मुडभेड गराउने उद्देश्य रहेको जानकारी हुँदाहुँदै सरकारले प्रभावकारी उपाय नअपनाउँदा राजावादी आन्दोलन हिंसात्मक बन्न पुगेको र घुषपैठीयाहरुले आफ्नो उद्देश्य पूरा गर्न सफल भएको राजनीतिक जानकारहरु भन्छन् ।

यो घटनाले राजावादीहरुलाई ठूलो धक्का लाग्न पुग्यो भने सरकारको सुरक्षा रणनीतिलाई लिएर आम नागरिकहरु चिन्तित देखिएका छन् । दुर्गा प्रसाई कमाण्डर बनाईएको राजावादीको आन्दोलन भड्काउने तयारी भइरहेको पूर्व जानकारी सरकारको सम्बन्धित निकायलाई भएको बताईन्छ ।

आन्दोलनलाई भड्काएर उग्र बनाउनेहरुको योजना थाहा पाएर पनि गृह प्रशासन समयमै सचेत नहुँदा तीनकुनेको यत्रो दुर्घटना हुन पुगेको हो जानकारहरु भन्छन् ।

आन्दोलनलाई भड्काउन र हिंसात्मक बनाउन पसेकाहरुले निजी घर र व्यवसायिक भवन, सञ्चार गृह, निजी सवारी साधन, जडीबुडी प्रशोधन तथा उत्पादन केन्द्रमा आक्रमण र आगजनी गर्दा समेत प्रहरीले नियन्त्रण गर्न नसक्नु कस्तो लाचारी हो बद्धिजीवीहरु बताउँछन् ।

सत्ता भन्दा बाहिरका प्रतिपक्ष मात्र नभएर सत्ता भित्रै प्रधानमन्त्री केपी ओलीलाई असफल बनाउन भइरहेको षड्यन्त्र मध्य यो पनि एउटा षड्यन्त्र हुन सक्ने बुद्धिजीवीहरु भन्छन् । अन्यथा प्रधानमन्त्री केपी ओलीले पहिले नै आन्दोलनलाई लिएर सुरक्षा व्यवस्था बलियो बनाउन निर्देशन नदिएका होइनन् ।

उनको निर्देशनका बाबजुद आन्दोलन हिंसात्मक बन्दासम्म सुरक्षा निकाय भिडलाई नियन्त्रण गर्न किन चुक्यो बुद्धिजीवीहरु प्रश्न गरिरहेका चर्चामा खबर छ ।

आन्दोलन भड्काउन र हिंसात्मक बनाउन सक्रिय भएको भन्दै प्रहरीले आन्दोलनका कमाण्डर घोषित दुर्गा प्रसाईंको खोजी गरिरहेको छ भने राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र तथा धवल शम्शेर राणा समेत दुई दर्जन भन्दा बढी आन्दोलनकारीहरु पक्राउ परेका छन् ।

नवराज सुवेदीलाई उमेरका कारण घरमै नजरबन्दमा राखिएको छ । आन्दोलन समितिका प्रवक्ता बनाईएका स्वागत नेपाल पनि पक्राउ परेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार ०९:००   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।