Logo

प्रमुख समाचार

सरकारको गति सबैलाई चित्त बुझेको छैन : कांग्रेस नेता खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सरकारको गति कसैलाई पनि मन नपरेको बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारले अब गियर परिवर्तन गर्न आवश्यक रहेको बताए ।

‘अहिले सरकार जुन गतिमा अघि बढिरहेको छ, त्यसले सबैको चित्त बुझेको छैन। अब गियर परिवर्तन गर्नुपर्छ। जुन गियरमा छ, त्योभन्दा माथि जानुपर्छ,’– उनले भने ।

साथै, उनले आफू हिन्दु धर्म मान्ने व्यक्ति रहेको बताउँदै नेपाललाई सबै अट्ने, अटाउने र समेट्ने राज्य बनाउनुपर्ने बताए । आफू सबै अट्ने र अटाउने राज्यको पक्षमा रहेको पनि उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलवार २१:३४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।