Logo

प्रमुख समाचार

देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाए : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले गणतन्त्रपछि देशमा केही भएन भनेर राजावादीहरूले भ्रम फैलाउने प्रयास गरेको बताएका छन् ।

कैलालीको धनगढीमा आयोजित पार्टीको विशेष जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पञ्चायत र अहिलेको व्यवस्थाको परिवर्तन हेर्न गरिबीको अवस्था हेरे मात्रै पुग्ने बताए ।

साथै, महासचिव पोखरेले कांग्रेस–एमालेले मात्र्रै गणतन्त्र जोगाउन सक्ने बताए । उनले गत चैत १५ गते काठमाडौंका तीनकुनेमा हिंसात्मक घटनाका योजनाकारलाई कानुनी कठघरामा उभ्याउने प्रक्रिया सुरु भइसकेको पनि जानकारी गराए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार ११:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।