Logo

प्रमुख समाचार

नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा छ : डा. महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको भ्रातृ सङ्गठन नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

नेविसंघको ५६ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय तहमा सकेजति मात्रै आएको जिकिर गरे ।

उनले भने, ‘आदर्श र सिद्धान्तको जग कमजोर भयो भने त्यसले भविष्यमा नेतृत्व गर्न सक्दैन । अहिले चुनौती र चिन्ताको विषय त्यो भावना कमजोर हुँदैछ नेविसंघमा पनि । स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय कलेजमा सक्रिय साथीहरूको प्रयासले नै आएको हो । नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा छ। त्यसले सुदृढ ढङ्गबाट नेतृत्व गर्न सकेको छैन । त्यसमा पार्टीको पनि कमजोरी छ । त्यसमा पार्टीले सुधार गर्नुपर्छ ।’

नेविसंघको सभापतिमा अहिले दुजाङ शेर्पा रहेका छन् । पार्टीले तोकेको निर्धारित समयमा महाधिवेशन गर्न नसक्ने भ्रातृ सङ्गठनमध्ये नेविसंघ पनि एक हो । उनले नेविसंघमा पुनर्जागरणको आवश्यकता रहेको औँल्याउँदै ग्रास रुटबाट लाग्न निर्देशन दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आईतवार ०७:५९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।