Logo

प्रमुख समाचार

पुनको पार्टीमा सफल अवतरण पछि पूर्व राष्ट्रपति भण्डारी पनि एमालेमा स्पेश खोज्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा हाल मात्रै पुनः प्रवेश गर्नु भएको पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको पार्टी प्रवेश पश्चात् पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि पुनः झै एमालमा स्पेश खोज्न थालेकी छिन् ।

एमाले अध्यक्ष के.पी. शर्मा ओलीले भण्डारीलाई एमाले राजनीतिमा पदार्पण गर्न र पुनः पार्टीको जिम्मेवारी लिने प्रोत्साहित गरेपछि भण्डारी हौसिएका छिन् ।

एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीको पार्टी प्रवेश पश्चात् पार्टीले नयाँ गति धारणाँ गर्ने तथा छरिएर रहेका महिला नेतृ एवं कार्यकर्ताहरुलाई पार्टीभित्र सक्रिय पार्न पूर्व राष्ट्रपति भण्डारी कोरामिन औषधी झै काम गर्ने बताइएको छ ।

त्यसो त ओलीले भण्डारीलाई यौटा व्यक्ति एउटा पदका लागि अफर गरेका छन् । जसअनुसार पार्टी अध्यक्ष वा प्रधानमन्त्री रोज्न ओलीले भण्डारीलाई छनौट गर्न केही समय सहित त्यसै अनुसार पार्टीमा सक्रियता दखाउने सुझाएका छन् ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईले भण्डारीलाई पार्टीमा राम्रो पकड कायम रहेको जनाउँदै केही मेहनत पछि सफलता हात लाग्न निश्चित भएको ठोकुवा गर्नु पनि सकारात्मक प्रभाव पार्ने बुझिएको छ । पूर्व राष्ट्रपति भण्डारीका पीए राईले भण्डारीलाई मधेश र सुदुरपश्चिम प्रदेशबाट भ्रमणको निम्ता आएको बताएका छन् ।

यस अघि भण्डारी कर्णाली, कोशी र गण्डकी प्रदेशको भ्रमण गरी कार्यकर्ताहरु परिचालनको प्रयासमा तल्लीन भएको पाईन्छ । पूर्व राष्ट्रपति भण्डारी एमाले पार्टीमा नेतृत्वको आकांक्षी भएको कारण भोलिका दिनमा टस्ल होला भनी अहिलेदेखि नै सर्तक रहेकी छिन् ।

एमालेमा पुनः सक्रिय हुने उद्देश्य बाँकी विद्या भण्डारी एमाले पार्टीभित्र आफ्नो पकड जमाउन खोजेका छन् । ओली कै अग्रसरता एवं सहमतिमा भण्डारी पुनः एमालेबाट लाम उठाउन सक्ने उद्देश्यले पार्टीमा ठाउँ खोजेका हुन् ।

भण्डारी एमाले पार्टीमा प्रवेश गरी सक्रिय भएपछि उनका सेवा सुविधा र भत्ता कटौती हुन सक्ने चेतावनी दिन थालिएको खबर अपर्णमा उल्लेख छ । एमालेबाट अलग भएका नेकपा एसका सभापति माधव नेपालले पूर्व राष्ट्रपतिका रुपमा भण्डारीले प्राप्त गर्ने सेवा सुविधा राजनीतिमा प्रवेश पश्चात् बन्द हुनुपर्ने अडान लिनु भएको छ ।

भण्डारीको राजनीतिको दुरगामी प्रभाव देखिने प्रष्ट रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार २१:१८   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।