Logo

प्रमुख समाचार

नेपाली काँग्रेसको महाधिवेशन एक वर्षभित्र हुन्छ : सहमहामन्त्री परियार



काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले महाधिवेशन एक वर्षभित्र हुने बताएका छन् ।

आज पत्रकारसँग उनले पार्टीको महाधिवेशन आगामी मङ्सिर भित्रमा हुने बताए । आन्तरिक कामका कारण रोकिएमा ढिलोमा विसं २०८३ वैशाखसम्ममा महाधिवेशन हुने उनको भनाइ छ । उनले भने, “विधानअनुसार पार्टीलाई चलाउन समयमै महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि प्रश्न उठ्छ ।”

वर्तमान सरकार काँग्रेस-एमालेबीचको लिखित सहमतिअनुसार अघि बढ्ने उनले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार ०८:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।