Logo

प्रमुख समाचार

ओली-देउवा र प्रचण्डबीच सिंहदरबारमा भेटघाट, के भयाे कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

तीन दलका शीर्ष नेताबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, संक्रमणकालीन न्यायलाई टुंग्याउनेलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । पछिल्लो समय राजावादीहरूको सक्रियता बढेपछि तीन नेताहरुबीचको भेटवार्ता बाक्लिँदो छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार २२:१७   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।