Logo

प्रमुख समाचार

वामदेवसँग भेटेपछि सूर्य थापाले भने- मिलेर केही गर्ने समझदारी भयो



काठमाडौं । नेकपा एमालेका सांसद सुर्य थापाले राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका गौतमलाई सांसद थापाले भैंसेपाटीस्थित निवासमै पुगेर भेट गरेका हुन् ।

संसद्को हिजोको संयुक्त बैठकमा नेकपा एसको लहरमा गौतम बसेको भोलिपल्ट नै थापाले महत्त्वपूर्ण भेटघाट भएको भन्दै फेसबुकमा फोटो राखेका छन् ।

‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्त्वपूर्ण भेटघाट भएको छु थापाले लेखेका छन्, ‘मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो जाग्दो नै रहेको छ ।’

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आ-आफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको उल्लेख गरेका छन् ।

एकता अभियान चलाइरहेका गौतम केही समयअघि माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश गर्न तयार भएका थिए। तर, एमाले अध्यक्ष ओलीले एमालमै फर्काउने आश्वास दिएपछि उनी अहिले अन्योलमा छन् ।

हिजो सदनमा माधव नेपालसँगै बसेको भोलिपल्टै ओलीका नजिक मानिएका सांसद थापाले गौतमसँगको फोटा राख्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार १२:४९   :  बजे

231
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।