Logo

प्रमुख समाचार

परराष्ट्रमन्त्रीलाई परराष्ट्र नीति थाहा छैन : अमरेशकुमार सिंह



काठमाडौं । प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डल नेपाल भ्रमणको अहिले उपयुक्त बेला नभएको बताए ।

उनले भने, ‘भारत र पाकिस्तानबीच युद्ध सुरु भएको छ। नेपालसँग खुला सीमा छ । सरकारले ध्यान त्यता केन्द्रित हुनुपर्छ कुनै आतङ्कवादी गतिविधि नहोस् ।

सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्र मन्त्री भएको छ । त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन ।

उनले पाकिस्तानका तीनवटै आर्मीको ११ जना अहिले नेपालमा रहेको बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।