Logo

प्रमुख समाचार

नेपाली कांग्रेस सभापतिमा शशांक कोइरालाको राउम्मेदवारी घोषणा



काठमाण्डौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शशांक कोइरालाले पार्टीको आगामी १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघका प्रतिनिधिमण्डलसँगको भेटमा कोइरालाले सभापतिमा आफ्नो उम्मेदवारी हुने बताए । त्यसका लागि साथ र समर्थन गर्ने पार्टी पंक्तिलाई उनले अपिल गरे ।

कोइरालाको निवासमा सम्पन्न भेटमा प्रजातन्त्र सेनानीहरूले पार्टीको हालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेतृत्वमा फेरबदल आवश्यक रहेको बताएका थिए । कोइरालाले त्यआफू सभापति पदका लागि प्रस्तुत हुने निर्णयमा पुगेको बताउँदै सेनानीहरूको दृढ समर्थन आवश्यक रहेको उल्लेख गरे ।

उनले लोकतन्त्र स्थापनामा योगदान दिने सेनानीहरूलाई राज्यले अपेक्षित सम्मान नदिएकोप्रति असन्तुष्टि जनाउँदै भविष्यमा उनीहरूको योगदानको कदर गरिने प्रतिबद्धता पनि जनाए । साथै, उनले नेतृत्वमा आएपछि पार्टीभित्र लोकतान्त्रिक मूल्यको सुदृढीकरण, पुराना नेता–कार्यकर्ताहरूको उचित स्थान र सबै तहमा समावेशी सहभागितालाई प्राथमिकतामा राखिने बताए ।

भेटका क्रममा नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले दुईदिने बैठकबाट पारित प्रस्तावहरू कोइरालालाई हस्तान्तरण गर्दै पार्टीको संरचनामा वडास्तरदेखि नै सेनानीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार २१:३२   :  बजे

537
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।