Logo

प्रमुख समाचार

बालुवाटारमा कांग्रेस–एमालेको हाईकमाण्ड बैठक, गृहमन्त्री लेखकपनि सहभागी



काठमाडौं । बालुवाटारमा कांग्रेस र एमालेका शीर्ष नेताहरुको बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, उपसभापति पूर्णबहादुर खड्का सहभागी छिन् ।

एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सहभागी छिन् । यस्तै बैठकमा गृहमन्त्री रमेश लेखकपनि सहभागी छिन् । बजेट ल्याउने दिन नजिकिएसँगै प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलका नेताहरुसँग छलफल बढाएका हुन् । अहिले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको पनि नाम मुछिएको छ । यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आईतवार २१:४९   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।