Logo

प्रमुख समाचार

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित



काठमाडौँ। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् ।

थेबे ७९६ मतसहित निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले निर्वाचित भएका हुन् ।

कुल १ हजार ७ सय ६४ मतदातामध्ये १ हजार ४ सय ४ मत खसेको थियो ।

पुरी यसअघि महासचिव थिए । सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास विफल भएपछि थेबे र पुरी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । मंगलबार बिहानदेखि विद्युतीय मतदान भएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलवार २०:५६   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।