Logo

प्रमुख समाचार

राजावादी समूहको सोमबार उपत्यका बन्दको घोषणा



काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका सांसद दीपक सिंह सहितका नेताहरूसहितको गिरफ्तारीपछि राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेको छ।

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनका क्रममा राप्रपा नेपालका नेता थापा र सिंहलाई प्रहरीले अमानवीय रूपमा पक्राउ गरेको आरोप लगाउँदै सरकारको कदमको विरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा सोमबार, जेठ १९ गते उपत्यका बन्द गर्ने निर्णय गरेका छौँ।”

राजावादी समूहले उपत्यका बन्दको क्रममा प्रत्येक टोल र चोकमा सक्रिय भूमिका निभाउन आन्दोलनमा सहभागी सबैलाई आह्वान गरेको छ।

उक्त आन्दोलन राप्रपा नेपालका अध्यक्ष कमल थापा सहितका नेता तथा कार्यकर्ता पक्राउ परेपछि राजधानीको नारायण चौर क्षेत्रमा प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्ने प्रयास गरिरहेका थिए।

यस कदमले सरकार र राजावादी समूहबीचको तनावलाई अझ थप गम्भीर बनाएको छ, र आगामी दिनहरूमा यस मुद्दाले राष्ट्रिय राजनीतिमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार २१:५८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।