Logo

प्रमुख समाचार

माधव नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएपछि देउवाको प्रचण्डलाई फोनः ‘के भएको हो?’ भन्दै चासो



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेका छन्।

बिहीबार विशेष अदालतमा मुद्दा दर्ता भएको केहीबेरमै देउवाले अध्यक्ष प्रचण्डलाई फोन गरेर “माधव नेपालमाथि के भएर मुद्दा दर्ता भयो?” भन्ने चासो व्यक्त गरेको स्रोतले जानकारी दिएको छ। यो कुरा प्रचण्डले आज (शुक्रबार) नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै सार्वजनिक गरेका हुन्।

प्रचण्डले भने, “देउवाजीले मलाई फोन गरेर माधव नेपालमाथि मुद्दा दर्ता भएको के हो भनेर सोध्नुभयो। म त छक्क परेँ, उहाँले मलाई सोध्नुको साटो मैले उहाँलाई सोध्नुपर्ने हो।”

उनका अनुसार देउवाले यसबारे कुनै जानकारी नराखेको भनी प्रतिक्रिया दिएपछि, यो विषयमा कांग्रेस सभापति संग सल्लाह भएर अघि बढाइएको होइन भन्ने उनको बुझाइ भएको छ। “शेरबहादुरजी ढाट्नुहुन्न, उहाँ सिधा भन्नुहुन्छ,” भन्दै प्रचण्डले देउवाको प्रतिक्रियालाई विश्वासिलो मानेका छन्।

प्रचण्डले मुद्दा राजनीतिक प्रतिशोधका आधारमा दर्ता गरिएको आशंका व्यक्त गर्दै सरकारको नियतप्रति प्रश्न उठाएका छन्। “प्रधानमन्त्री र मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले मुद्दा चलाउन नपाउने भनेको थियो। तर अहिले प्रधानमन्त्री नै रहेको व्यक्तिमाथि सिधा मुद्दा दर्ता गर्नु गम्भीर विषय हो,” उनले भने।

ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालको संलग्नताको चर्चा चले पनि, त्यसबारे अख्तियारले सरकारलाई निर्णय गर्न पत्र लेखेको भनी प्रचण्डले दाबी गरे। उनले वर्तमान कार्यवाहीलाई लक्षित नियतसहितको ‘राजनीतिक बदला’को रुपमा व्याख्या गरे।

माधव नेपालको मुद्दाले सत्तारूढ गठबन्धनभित्रको सम्बन्ध र भरोसामा समेत असर पार्न सक्ने संकेत देखिएको छ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार ०९:०८   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।