Logo

अर्थ

अमुदी फुड्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आईएमइ क्यापिटल



काठमाडौं । अमुदी फुड्सले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । प्रतिकित्ता सय रुपैयाँका दरले २० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सोमबार ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा अमुदी फुड्सकोतर्फबाट अध्यक्ष अच्युत बस्नेत र ग्लोबल आइएमई क्यापिटलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो कम्पनीले हाल यूएनमी चिज रिङ्गस्, चिज बल उत्पादन गर्ने गरेको छ ।

यस कम्पनीको कर्पोरेट अफिस काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरमा रहेको छ भने चितवनको भरतपुर महानगर १२, गोन्द्राङमा फुड्स उत्पादन गर्ने उद्योग रहेको छ ।

यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी, शिक्षाविद् तथा ख्यातिप्राप्त व्यक्तित्वको लगानी रहेको छ । अमुदी फुड्स लिमिटेडले विभिन्न ब्राण्डका स्न्याक्स उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १३:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।