Logo

अर्थ

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम बिक्रीमा, एक करोड इकाईसम्म आवेदन दिन सकिने



काठमाडाैं । एनआइसी एसिया क्यापिटल लिमिटेडले आज (बिहीबार )देखि खुलामुखी योजना ‘एनआइसी एसिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गरेको छ ।

प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ५० करोड रूपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

क्यापिटलले १० करोड इकाईमध्ये बीउ पुँजीबाट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात् १५ करोड रूपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआइसी एसिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

उक्त फण्डमा न्यूनतम १०० इकाई र अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ ।

एनआइसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजनाको इकाईमा भदौ २ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १५:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।