काठमाडाैं । विद्युतीय सवारी साधनको क्षेत्रमा अग्रणी मानिने कम्पनी बिवाइडी (BYD)ले नाडा अटो शो २०२५ मा तीनवटा नयाँ मोडेल सार्वजनिक गर्दै विशेष अफरहरू सार्वजनिक गरेको छ ।
नाडा अटो शाेमा बिवाइडी अट्टो १, अट्टो २, शिलिअन ७ ब्रान्डका तीन नयाँ इभी गाडीहरु बिक्रीका लागि स्टलमा राखिएको छ । बिवाइडीका अन्य ब्रान्डहरु पनि बजारमा उपलव्ध भइरहेको कम्पनीले जनाएको छ ।
शोमा राखिएको नयाँ ब्रान्डका इभी गाडीहरुको मूल्य भने फरक फरक छ । जसमा बिवाइडी अट्टो १ गाडीमा दुइवटा भेरियन्डमा उपलव्ध छ । जसमा एउटा भेरियन्ट गाडीको मूल्य न्यूनतम २८ लाख ९५ हजार रुपैयाँ पर्छ भने अर्को भेरियन्टको गाडी ३२ लाख ९९ हजार रुपैयाँ मूल्य पर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, बिवाइडी अट्टो २ गाडी ४३ लाख ९९ हजार रुपैयाँ मूल्यमा खरिद गर्न सकिनेछ । त्यस्तै, बिवाइडी सिलिअन ७ इभीको हाल ७२ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिने कम्पनीले बताएकाे छ ।
नाडा अटो शोको तेस्रो दिनसम्ममा बिवाइडीका २ सयभन्दा बढी युनिट गाडीको बुकिङ भएकाे छ ।
कम्पनीले नाडा अटो शोमा गाडी बुक गर्ने र खरिद गर्ने ग्राहकका लागि विशेष अफर समेत सार्वजनिक गरेको छ । नाडा अटो शाेमा गाडी खरिद गर्ने ग्राहकहरुले दुईवटा चार्जरहरु पाउनेछन् । जसमा ७ किलोवाट र २.३ किलोवाट क्षमताका चार्जरहरु पाउन सक्नेछन् । एक वर्षको अटो कष्ट इन्स्याेरेन्सकाे सुविधा उपलव्ध छ ।
त्यस्तै, बिवाइडी एप १० वर्षका लागि निःशुल्क पाउन सकिनेछ । त्यस्तै, इभी गाडीको खरिदमा १० वर्षको वारेन्टी वा २ लाख किलोमिटरसम्म ब्याट्री र मोटर निःशुल्क पाउने कम्पनीले जनाएकाे छ ।




















प्रतिक्रिया