काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चाडपर्व लक्षित गरेर विभिन्न कर्जामा अफर सार्वजनिक गरेको छ । बैंकले घर कर्जा २० वर्ष अवधिका लागि ६.३० प्रतिशतमा ५ करोडसम्म उपलब्ध गराउनेछ ।
यसैगरी विद्युतिय सवारी साधान खरिद गर्न चाहने ग्राहकका लागि ७ वर्षे अवधिको ६.१० प्रतिशत ब्याजदरमा १ करोडसम्मको कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
इन्धन प्रयोग हुने सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि ६.८० प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि १ करोडसम्म कर्जा प्रवाह गर्न सकिने बैंकले जनाएकाे छ ।
चाडपर्वको समय सवारी साधन तथा घर खरिद गर्नेको संख्या अधिक रहने भएका कारण सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले चाडपर्व विशेष कर्जा अफर सार्वजनिक गरिएको बैंकको भनाइ छ ।




















प्रतिक्रिया