Logo

कर्पोरेट फोकस

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश वितरण गर्ने



काडमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको शुक्रबार सम्पन्न सञ्चालक समिति बैंठकले गत आवको नाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको निर्णय अनुसार ८ प्रतिशत लाभांशमा ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर रहेको बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवा पहुँचका लागि नयाँ–नयाँ स्थानमा आफ्नो सेवा विस्तार गर्दै आएको बैंकले जनाएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाका साथ चौबिसै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार ११:४९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।