Logo

अर्थ

मालपोत कार्यालय काभ्रेमा अख्तियारको छापा, मुद्दा फाटका कर्मचारी २ लाख घुससहित पक्राउ



काठमाडौं । मालपोत कार्यालय काभ्रेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले मालपोत कार्यालयमा काभ्रे धुलिखेलमा छापा मारेको हो ।

अख्तियार एक टोलीले २ लाख रुपैयाँ नगदसहित मुद्दा फाटका कर्मचारी ज्ञानेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेका थिए । उनका अनुसार पक्राउ परेका भण्डारीमाथी थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १४:२५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।