Logo

अर्थ

बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि बन्दीपुर इन काठमाडौं सम्पन्न



काठमाडाैं । तनहुँको ऐतिहासिक पर्यटकीय स्थल बन्दीपुरलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर इन काठमाडौं’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बन्दीपुरको पर्यटकीय सम्भावना, पूर्वाधार विकास र दिगो पर्यटन रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो ।

साथै, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिएको थियो ।

‘पहाडकी रानी’का रूपमा चिनिने बन्दीपुरलाई देश–विदेशका पर्यटकको आकर्षक गन्तव्य बनाउन सरोकारवाला सबै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बन्दीपुर इन काठमाडौंको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बन्दीपुर नेपालको सांस्कृतिक सम्पदा र प्राकृतिक सौन्दर्यको अनुपम धरोहर भएको बताए ।

बन्दीपुरको परम्परागत बस्ती र ऐतिहासिक स्वरुपलाई जोगाउन सकिए मात्र बन्दीपुरको वास्तविक आकर्षण कायम रहने उनको भनाइ छ ।

बन्दीपुर गाउापालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले स्थानीय सरकारको तर्फबाट पुर्वाधार विकासलाई प्राथमिकता दिदै बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउन निरन्तर पहल गरिने बताए ।

सडक, खानेपानी, सरसफाइ र पर्यटकमैत्री वातावरण निर्माणका कामलाई तीव्रता दिने उनकाे भनाइ छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १६:२८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।