काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक र कर्मचारीका लागि विशेष सुविधा प्रदान गर्न बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटलसँग नयाँ साझेदारी गरेको छ ।
यस सम्झौताअन्तर्गत एनएमबि बैंकका कार्डधारकहरूले होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउने छन् ।
साथै, होटलको प्रख्यात रेस्टुरेन्टहरू सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफे, बेकरीका सबै सामान, र स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ। यसले ग्राहक र कर्मचारीहरूको बसाइ किफायती र सहज बनाउने बैंकको उद्देश्य रहेको छ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।




















प्रतिक्रिया