Logo

अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरुमा छुट दिने



काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबीच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवर्द्धन गर्न बैंकबीच सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र महिला उद्यमी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीबाट हस्ताक्षर भई सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ ।

यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई महिलाद्वारा सञ्चालित उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।

सोहि सम्झौताअनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु (https://www.nimb.com.np/personal-banking/branches)मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपाल (FWEAN)का सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १५:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।