Logo

अर्थ

नेपाल पुनर्बीमाको वित्तीय विवरण ढिला सार्वजनिक, नाफा ६ प्रतिशत वृद्धि



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण ढिलो गरी शुक्रबार सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा ६.२ प्रतिशतले बढेर ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफासँगै प्रतिसेयर आम्दानी (EPS) पनि वृद्धि भएर ५.४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ५.३६ रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी ७ अर्ब ११ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब १५ करोड रुपैयाँभन्दा उल्लेख्य रूपमा बढी हो ।

सञ्चित आम्दानी ७४ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.१५ रुपैयाँ छ ।

 

प्रकाशित मिति : २० भाद्र २०८२, शुक्रबार १३:४८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।