Logo

अर्थ

आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिन म्याद थप



काठमाडौं । आरविवि म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने ‘आरविवि फोकस–४०’का इकाइ खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ ।

योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङले गत भदौ १८ गतेदेखि उक्त योजनाका इकाइ बिक्री खुला गरेको थियो । यो योजनाको निष्कासन बन्द छिटोमा भदौ २२ गते भनिएको थियो। तर, मागबमोजिम आवेदन नपरेको खण्डले अब असोज १ गतेसम्म बिक्री खुला गरिनेछ ।

उक्त म्युचुअल फन्डको १० रुपैयाँ अंकितदरमा कुल १ अर्ब रुपैयाँबराबरको १० करोड इकाइ बिक्री खुला गर्न लागेको हो । कुल इकाइमध्ये न्यूनतम १ करोड ४० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १४ प्रतिशत इकाइ कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् ।

यो १२ वर्षे अवधिको योजना हो । यसमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस योजनामा न्यूनतम १०० देखि १ करोड इकाइसम्म आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार ११:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।